Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

गोठाटार गोलीकाण्ड छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

गोठाटार गोलीकाण्ड छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

  • मंगलवार, आश्विन ४ २०७९

  • 647
    SHARES

  • गोठाटार गोलीकाण्ड छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन
    काठमाडौं । गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड वेस्ट गार्मेन्ट’का सञ्चालक मोहम्मद दर्जी उर्फ लाल मोहम्मदमाथि गोली प्रहार भएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । हत्या अनुसन्धान र छानबिन गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको आईजीपीको सचिवालयका एसएसपी दानबहादुर कार्कीले बताउनुभयो ।
     
    समितिमा एसपी दिनेश मैनाली, सीआईबीका डिएसपी दुर्गा दाहाल र इन्स्पेक्टर गजेन्द्र रावल सदस्य छन् । हिजो साँझ मोटरसाइकलमा आएका ३ जनाले उनलाई ४ राउण्ड गोली हानेर हत्या गरेका थिए ।

    उनलाई ‘मेड इन यूएस’ लेखिएको पेस्तोलबाट चार राउण्ड गोली हानिएको पाइएको छ । उनको हत्यामा संलग्न तीनजना व्यक्ति घटनास्थल नजिकै रहेको होटल कोशिपारि गेष्ट हाउसमा बसेका पाइएको छ ।


    मंगलवार, आश्विन ४ २०७९०७:२१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij