Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

गोठाटार काण्ड : यसरी बसेका थिए सुटर, एक महिना देखि पछ्याए...

गोठाटार काण्ड : यसरी बसेका थिए सुटर, एक महिना देखि पछ्याए...

  • मंगलवार, आश्विन ४ २०७९

  • 2.4K
    SHARES

  • गोठाटार काण्ड : यसरी बसेका थिए सुटर, एक महिना देखि पछ्याए...

    काठमाडौं । गोठाटारमा कपडा व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको पाइएको छ ।

    घटनाको अनुसन्धानमा खटिएको प्रहरी श्रोतका अनुसार घटनास्थलबाट चार सय मिटर अगाडिको कोशीपारि गेष्ट हाउसमा बसेको पाइएको हो । गोली हान्ने समूहमा ३ जना रहेको पनि प्रहरीले जनाएको छ ।

    कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ गोली हानी कपडा व्यवसायी सर्लाही हरिवन–२ का ५५ वर्षीय लाल मोहम्मदको हत्या भएको थियो ।

    गोली हान्ने समूहले एक महिनादेखि लाल मोहम्मदलाई पछ्याइरहेको पाइएको पनि प्रहरीले जनाएको छ ।

    लेनदेनका कारण केही व्यक्तिले धम्की दिएको र आफू असुरक्षित भएको भन्दै लाल मोहमदले एक महिनाअघि नै प्रहरी बिट जम्मु डाँडामा निवेदन दिएका थिए ।

    त्यो निवेदनबारे बिटले प्रहरी वृत्त बौद्धलाई जानकारी पनि गराएको थियो ।


    मंगलवार, आश्विन ४ २०७९०२:५९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij