Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कपाल काटेको मूल्य ५० रुपैयाँले बढ्यो, दाह्री काटेको कति ?

कपाल काटेको मूल्य ५० रुपैयाँले बढ्यो, दाह्री काटेको कति ?

  • सोमवार, आश्विन ३ २०७९

  • 717
    SHARES

  • कपाल काटेको मूल्य ५० रुपैयाँले बढ्यो, दाह्री काटेको कति ?

    काठमाडौं । दाह्री र कपाल काटेको मूल्य बढेको छ। नेपाल नाई संघले कपाल काटेको मूल्यमा ५० रुपैयाँ वृद्धि गरेको हो।

    संघका अनुसार अब कपाल काटेको २ सय रुपैयाँ र साधारण दाह्री काटेको १२० रुपैयाँ बनाइएको छ।

    यसअघि साधारण कपाल काटको १५० रुपैयाँ र साधारण दाह्री काटेको १ सय रुपैयाँ थियो।

    नाई संघले असोज महिनादेखि मूल्य वृद्धि गरेको भन्दै सूचना जारी गरेको छ। सूचनाअनुसार कपाल काटेको ५ सय रुपैयाँ सम्म पर्ने जनाएको छ।

    नेटबाट फोटो देखाइ कपालको डिजाइन गर्न लगाएमा ५ सय रुपैयाँ तिर्नुपर्ने बताएको छ। त्यस्तै दाह्री काट्दा पनि डिजाइन गर्नुपरेमा २५० सम्म तिर्नुपर्ने बताएको हो।


    सोमवार, आश्विन ३ २०७९०४:३१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij