Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

दुई दिनमा १५ हजारले काटे दशैंको अग्रिम टिकट

दुई दिनमा १५ हजारले काटे दशैंको अग्रिम टिकट

  • सोमवार, आश्विन ३ २०७९

  • 454
    SHARES

  • दुई दिनमा १५ हजारले काटे दशैंको अग्रिम टिकट

    काठमाडौ । बितेको दुई दिनमा करिब १५ हजार यात्रुले दशैंका लागि अग्रिम टिकट बुक गरेका छन् । अधिकांश यात्रुले दशैं जान नयाँ बसपार्कबाट अग्रिम टिकट बुक गरेका हुन् ।

    शनिबारदेखि अग्रिम टिकट बुकिङ खुलेको थियो । यसपटकको दशैंका लागि २७ असार, २०७९ मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काटिरहेका छन् ।

    नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रबन्धक पंकज मल्लका अनुसार पश्चिम नेपालका लागि अग्रिम टिकट काट्नेहरुको संख्या अधिक छ । धेरै अग्रिम टिकट बुकिङ गर्नेमा प्युठान, अर्घाखाँची, गुल्मी, बझाङ बाजुरा, अछाम, डोटी, धनगढी महेन्द्रनगर लगायतका यात्रु छन् ।

    अहिले पनि अग्रिम टिकट काट्ने क्रम चलिरहेको बताउदै मल्लले यो वर्ष गाउँ फर्किन गाडीको अभाव नहुने पनि बताउनुभयो ।


    सोमवार, आश्विन ३ २०७९०१:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij