Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

संविधान दिवसको अवसरमा ७०२ जनाको कैद सजाय माफ

संविधान दिवसको अवसरमा ७०२ जनाको कैद सजाय माफ

  • आइतवार, आश्विन २ २०७९

  • 500
    SHARES

  • संविधान दिवसको अवसरमा ७०२ जनाको कैद सजाय माफ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिनुभएको छ । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गर्नुभएको हो ।

    संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम संविधान दिवसको अवसरमा कैद सजाय माफ गर्नुभएको हो ।

    यस्तै राष्ट्रपतिले असल चालचलन भएको आधारमा पासाङ शेर्पासहितका २०३ जना र इन्द्र कुमार लिम्बु समेतका ४७८ गरी कुल ६८१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा पनि गर्नुभएको छ । राष्ट्रपतिको यो निर्णयअनुसार उनीहरु असोज ३ गते छुट्नेछन् ।


    आइतवार, आश्विन २ २०७९०५:१६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij