Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

प्रहरीले माग्यो सेनालाई हतियार सापटी

प्रहरीले माग्यो सेनालाई हतियार सापटी

  • आइतवार, आश्विन २ २०७९

  • 1.4K
    SHARES

  • प्रहरीले माग्यो सेनालाई हतियार सापटी

    काठमाडौं । मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ । निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरि’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो ।

    निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । नेपाली सेनामा हतियार सापट लिनुलाई ‘बालगिरी’ भनिन्छ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रहरीले ७ सय भन्दा बढी पेस्तोल सेनासँग ‘बालगिरी’मा लिएको थियो ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी प्रहरीले २८ सय थान पेस्तोल उपलब्ध गराउन सेनालाई पत्राचार गरेको छ । अपुग हतियार अन्य सुरक्षा निकायसँग सापटीमा लिन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रहरीले १ लाख १५ हजार म्याद प्रहरी भर्ना प्रक्रिया सुरु गरिसकेको छ । स्थानीय तह निर्वाचनमा १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ केन्द्र थिए ।

    यस पटक १० हजार ८ सय ९१ मतदान स्थल र २२ हजार २ सय २६ मतदान केन्द्र कायम गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । तर, कुन जिल्ला भित्र कहाँकहाँ मतदान स्थल कायम गर्ने भन्नेबारे आयोगले अझै निर्णय गरेको छैन । सो निर्णय नहुँदा सुरक्षा व्यवस्थापनमा समस्या भएको प्रहरी अधिकृतहरू बताउँछन् ।

    यसपटकको निर्वाचनमा वृद्धाश्रम, कारागार र सरकारी कर्मचारीले पनि भोट हाल्न पाउने गरी मतदान स्थल थप गरिएको छ । मङ्सिर ४ मा हुने चुनावमा १० वटा जिल्लामा ५ लाख मतदाता थपिएका छन् ।


    आइतवार, आश्विन २ २०७९०२:१२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij