Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

१३ वर्षीया बालिका बलात्कार आरोपमा ललितपुरबाट एक युवक पक्राउ

१३ वर्षीया बालिका बलात्कार आरोपमा ललितपुरबाट एक युवक पक्राउ

  • आइतवार, आश्विन २ २०७९

  • 357
    SHARES

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा ललितपुरबाट एक युवक पक्राउ

    काठमाडौं । १३ वर्षीया बालिकालाई बलात्कार आरोपमा प्रहरीले एक युवकलाई ललितपुरबाट पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी कार्यालय भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार दोलखाको शैलुङ गाउँपालिका–७ घर भई हाल भक्तपुर दूधपाटी बस्ने १९ वर्षीय अनिश भुजेलले भदौ ३० गते राति आफू कार्यरत भक्तपुर नगरपालिका–१ दूधपाटीमा रहेको मस्मस् एन्ड पिज्जा हाउसमा किशोरीलाई जबर्जस्ती करणी गरेका थिए ।

    भक्तपुरकै एक विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी पिज्जा हाउसमा बोलाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले कसुरमा संलग्न युवकलाई ललितपुर उपमहानगरपालिका–९ भुलढोकाबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ।


    आइतवार, आश्विन २ २०७९०१:१८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij