Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भीरमा अड्किएका शिक्षकको २२ घण्टापछि उद्धार

भीरमा अड्किएका शिक्षकको २२ घण्टापछि उद्धार

  • आइतवार, आश्विन २ २०७९

  • 631
    SHARES

  • भीरमा अड्किएका शिक्षकको २२ घण्टापछि उद्धार

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि सकुशल उद्धार गरिएको छ । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको हो ।

    शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेका थिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भीरबाट सिवाकोटीको आवाज आएपछि उद्धारको पहल थालिएको थियो ।

    सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए । ‘२२ घण्टापछि उहाँलाई सेनाको सहयोगमा उद्धार गरिएको हो,’ उहाँले भन्नुभयो,’ठूलो पानी परेको भए राति नै बगाउन सक्थ्यो, तर खोलाको सतह नबढेकाले उहाँ ढुंगामै अड्किरहनु भएछ ।’

    22.jpg

     


    आइतवार, आश्विन २ २०७९१२:५८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij