Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

विभिन्न ठाउँमा पहिरो खस्दाकर्णाली राजमार्ग अवरुद्ध

विभिन्न ठाउँमा पहिरो खस्दाकर्णाली राजमार्ग अवरुद्ध

  • आइतवार, आश्विन २ २०७९

  • 462
    SHARES

  • विभिन्न ठाउँमा पहिरो खस्दाकर्णाली राजमार्ग अवरुद्ध

    दैलेख । निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

    प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालीकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटीमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

    यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

    गुराँस गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीमा सडक माथिबाट पहिरो आइ बन्द भएको सुर्खेत–दैलेख सडक खण्ड अहिले सञ्चालनमा आइसकेको छ ।


    आइतवार, आश्विन २ २०७९०८:१५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij