Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

यी प्रदेशमा आज वर्षाको सम्भावना

यी प्रदेशमा आज वर्षाको सम्भावना

  • आइतवार, आश्विन २ २०७९

  • 382
    SHARES

  • यी प्रदेशमा आज वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभरको मौसममा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्र तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


    आइतवार, आश्विन २ २०७९०६:४२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij