Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अछाम पहिरो अपडेट– मृतकको संख्या २२ पुग्यो, ११ जना बेपत्ता

अछाम पहिरो अपडेट– मृतकको संख्या २२ पुग्यो, ११ जना बेपत्ता

  • शनिवार, आश्विन १ २०७९

  • 2.1K
    SHARES

  • अछाम पहिरो अपडेट– मृतकको संख्या २२ पुग्यो, ११ जना बेपत्ता
    काठमाडौं । अछामका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २२ जनाको मृत्यु भएको हो । सबैको सनाखतसमेत भएको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताउनुभयो ।
     
    प्रहरीका अनुसार पहिरोमा ज्यान गुमाउनेहरूमा ढकारी गाउँपालिका ६ बस्ने २ वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ वर्षिय जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनीषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीय मेनिका शाही, ३ वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
     
    यसैगरी, कमलबजार नगरपालिका ६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गीता कामी, १२ वर्षीय सिरु कामको ज्यान गएको छ । उनीहरू एकै घरका हुन् ।
    यस्तै, कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने एकैघरका २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी डाँगीले जानकारी दिनुभयो ।
     
    यसैगरी, घाइते हुनेमा ढकारी गाउँपालिका ६ बस्ने ६२ वर्षीय हर्क बुढा, २१ वर्षीय चन्द्र देवी बुढा, १२ वर्षीय धर्म बुढा र कमलबजार नगरपालिका ६ बस्ने ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय इन्द्र सिंह कामी, १२ वर्षीय कल्पना कामी, १२ वर्षीय ममता कामी, १० वर्षीय सुशील कामी, २ वर्षीय सफलता कामी, ३८ वर्षीय डिक्रा कामी र कमलबजार नगरपालिका ६ बस्ने ६५ वर्षीय खटी दमाई रहेको उहाँले जानकारी दिनुभयो ।
     
    पहिरोमा परी ११ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । अछाममा गएरातिको अविरल वर्षाका कारण ठुलो जनधनको क्षति भएको छ ।
     
    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरोमा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
     


    शनिवार, आश्विन १ २०७९०३:५७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij