Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बन्द जारी रहे व्यवसायीहरू पलायन हुन्छन् : चेम्बर अध्यक्ष श्रेष्ठ

बन्द जारी रहे व्यवसायीहरू पलायन हुन्छन् : चेम्बर अध्यक्ष श्रेष्ठ

  • मंगलवार, भाद्र १६ २०७७

  • 1.2K
    SHARES

  • बन्द जारी रहे व्यवसायीहरू पलायन हुन्छन् :  चेम्बर अध्यक्ष श्रेष्ठ

    काठमाडौं । नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले लकडाउनका नाममा धेरै दिन बन्द जारी रहँदा अर्थतन्त्र संकुचन हुने र व्यवसायी पलायन हुने अवस्था आएको बताउनु भएको छ ।

    नेपाली रेडियो नेटकर्कको कार्यक्रम अर्थ सम्वादमा पत्रकार टि.पी.भुसालसंग कुरा गर्दै अध्यक्ष श्रेष्ठले लक डाउन नै सबै समस्याको समाधान नभएको धारणा राख्नुभयो ।

    ‘सरकार त निषेधाज्ञा र लकडाउन नै समस्याको समाधान हो भने जस्तो गरी लागेको छ । हामीले ४–५ महीनाको लकडाउन हेर्यौं नि त खै त त्यसले कोरोना संक्रमण रोकेको ? सरकारले आफुलाई सजिलो मात्र हुनेगरी बन्दाबन्दि यसैगरी जारी राख्ने हो भने उद्योग व्यवसाय चौपट हुन्छन । त्यसले यसको विकल्प सोच्नु पर्यो भन्ने हाम्रो आग्रह हो, उहाँले भन्न’ भयो ।

    अध्यक्ष श्रेष्ठले सिमा नाकामा कडाई गर्नु पर्ने,यातायातका साधनहरु जोर विजोर प्रणालीमा चलाउने र पसलहरु पनि फरक फरक दिनफरक फरक खालको पसल खोल्न दिनु पर्ने सुझाव दिनुभयो ।

    पसल खोल्नै नदिने अवस्था आउँदा व्यवसायिहरुमा नगद प्रवाहमा समस्या देखिएकोले पलायन हुने अवस्था आइरहेको समेत उहाँले बताउनु भयो ।

    चेम्बर अध्यक्ष श्रेष्ठसंग गरिएको कुराकानी तलको लिंकमा सुन्न सकिनेछ ।

    https://www.facebook.com/radionrn/videos/348518702992902


    मंगलवार, भाद्र १६ २०७७१०:१४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij