Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अछाम पहिरो अपडेटः १७ शव भेटिए, ६ जना बेपत्ता

अछाम पहिरो अपडेटः १७ शव भेटिए, ६ जना बेपत्ता

  • शनिवार, आश्विन १ २०७९

  • 678
    SHARES

  • अछाम पहिरो अपडेटः १७ शव भेटिए, ६ जना बेपत्ता

    काठमाडौं । अछाममा बाढी तथा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

    जिल्लाको तुर्माखाद गाउँपालिकामा चार जना, कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीखादमा सात जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा पाँच जना र ढकारी गाउँपालिकामा एक जना गरी १७ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको हो ।

    १७ जनाको शव भेटिँदा ६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

    बाढी तथा पहिरोमा घाइते भएका ११ जनाको नेपाली सेनाको हेकिकोप्टरद्वारा उद्धार गर्ने तयारी भइरहेको छ ।

    उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगिने तयारी भइरहेको जिल्ला प्रशासन कार्यलय अछामले जानकारी दिएको छ ।


    शनिवार, आश्विन १ २०७९१२:४३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij