Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • शनिवार, आश्विन १ २०७९

  • 335
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ । साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ।

    हाल देशको प्रदेश १, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहेको छ ।

    प्रदेश १, मधेस प्रदेश, कर्णाली , सुदूरपश्चिम , बागमती प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    शनिबार देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आइतबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


    शनिवार, आश्विन १ २०७९०६:४०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij