Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

धनुषामा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

धनुषामा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 372
    SHARES

  • धनुषामा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

    काठमाडौं । धनुषामा आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    हत्या आरोपमा प्रहरीले सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    उनीमाथि ३६ वर्षीया आमा सिकिलिया देवीको हत्या गरेको आरोप छ। मनोजलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो। घरायसी विवाद हुँदा उनले आफ्नी आमाको टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    हत्या भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरेले घटनाबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी रहेको बताउनुभयो ।


    शुक्रवार, भाद्र ३१ २०७९०१:२५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij