Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 507
    SHARES

  • आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    यी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अहिले वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र मधेस प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
    गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो ।

    मौसमविद्का अनुसार आज देशभर नै पानी पर्ने सम्भावना छ । भोलि पनि धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    यस्तै, नदी तथा खोला नालामा पनि आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।


    शुक्रवार, भाद्र ३१ २०७९०८:२५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij