काठमाडौं । काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन मृत्यु भएको छ ।
पहिरोमा परेर घाइते भएकी ६५ वर्षकी ठूलीमाया तामाङको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ पुगेको हो ।
बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।