Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • बुधवार, भाद्र २९ २०७९

  • 289
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ। राती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।


    भारी वर्षाको सम्भावना रहेका स्थानका पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै, सडक तथा हवाई यातायातमा प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


    बुधवार, भाद्र २९ २०७९०६:५२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij