Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

रोल्पामा टिकटक बनाउने क्रममा खोलामा खस्दा किशोरीको मृत्यु

रोल्पामा टिकटक बनाउने क्रममा खोलामा खस्दा किशोरीको मृत्यु

  • मंगलवार, भाद्र २८ २०७९

  • 584
    SHARES

  • रोल्पामा टिकटक बनाउने क्रममा खोलामा खस्दा किशोरीको मृत्यु

    काठमाडौं । रोल्पामा खोलाले बगाउँदा बेपत्ता एक किशोरीको शव फेला परेको छ।

    सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलीचौरकी १४ वर्षीया फरिदा खातुनलाई सोमबार तीन बजेतिर स्थानीय फगाम खोलाले बगाएको थियो। खातुन आफ्ना अन्य दुई साथीका साथमा खोला किनारको बालुवामा खेल्न गएकी थिइन्। उनका साथीहरूले खातुन टिकटक बनाउने क्रममा खोलामा खसेको र त्यसपछि आउन नसकेको भन्ने कुरा प्रहरीसमक्ष बताएका छन्।

    खातुनलाई खोलाले बगाएको देखेपछि उनका साथीहरूले जालले माछा मार्दै गरेका एक व्यक्तिसँग गुहार मागेका थिए। ती माझीले खातुनलाई बचाउन प्रयास गरे पनि सफल हुन नसकेपछि प्रहरीलाई खबर गरिएको थियो।

    सोमबार दिउँसोदेखि नै खातुनको खोजी भए पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताउनुभयो ।

    मंगलबार बिहानदेखि खोजी सुरू गरिएकोमा दिउँसो साढे २ बजेतिर सुनिल स्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्रीस्थित सोनु पेट्रोल पम्पनजिकै खुङ्ग्री खोला किनारमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

     


    मंगलवार, भाद्र २८ २०७९०७:१७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij