Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

लमजुङ अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

लमजुङ अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

  • मंगलवार, भाद्र २८ २०७९

  • 362
    SHARES

  • लमजुङ अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

    काठमाडौं । रोजगारीको ग्यारेण्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारी आन्दोलित भएका छन् । बायाँ हातमा कालोपट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका थिए ।

    सरकारले अस्पताल हस्तान्तरण गर्नुभन्दा पहिला कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । संघर्ष समितिका संयोजक गणेश गुरुङका अनुसार अस्पताल विकास समिति र हालसम्म अस्पताल सञ्चलन व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस)ले कर्मचारीको उचित व्यवस्थापन गर्नु पर्ने माग गर्दै धर्ना दिएको हो ।

    कर्मचारीले रोजगारीको सुनिश्चितताको माग गर्दै प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत पनि प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङलाई ज्ञापनपत्र बुझाउँदै आएको छ ।

    गण्डकी प्रदेश सरकारले अस्पताल आफैंले सञ्चालन गर्ने भनेपछि स्वास्थ्य कर्मचारीमा अन्यौलता छाएको छ । यस्तै, प्रदेश सरकारले अस्पतालमा स्वास्थ्य कर्मचारी भर्ना गर्न थालेपछि कार्यरत स्वास्थ्य कर्मचारी थप समस्यामा परेका छन् ।


    मंगलवार, भाद्र २८ २०७९१२:३९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij