Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

यी प्रदेशमा भारी वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • मंगलवार, भाद्र २८ २०७९

  • 537
    SHARES

  • यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ। राती गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम तथा सडक र हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

     


    मंगलवार, भाद्र २८ २०७९०६:२७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij