Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वदेश फर्किंदै सन्दीप, यस्तो छ प्रहरी तयारी

स्वदेश फर्किंदै सन्दीप, यस्तो छ प्रहरी तयारी

  • आइतवार, भाद्र २६ २०७९

  • 722
    SHARES

  • स्वदेश फर्किंदै सन्दीप, यस्तो छ प्रहरी तयारी

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित सन्दीप लामिछाने स्वदेश फर्कने तयारीमा छन् ।

    उनी केही दिनमै स्वदेश फर्कने तय भएको हो । लामिछानेले क्यारेबियन क्रिकेट लिग बीचैमा छाडेर स्वदेश फर्कने बताएका थिए ।

    उनले कानूनी सहयोगको आग्रह पनि गरेका थिए । लामिछाने स्वदेश फर्कने तय भएसँगै प्रहरीले उनलाई विमानस्थलमै पक्राउ गर्ने तयारी गरेको छ ।

    लामिछानेलाई अध्यागमन विभागबाट नै पक्राउ गरी अनुसन्धानको पूर्वतयारी भइसकेको छ । उनीमाथि १७ वर्षीया नाबालिगकले बलात्कारको आरोप लगाएकाले त्यसबारे छानबिन हुनेछ ।

    लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । तर, १७ वर्षीया नाबालिगकका आफन्तले बलात्कारको आरोपपत्र प्रहरीमा दर्ता गरेका छन् । प्रहरीले अनुसन्धानबाट सिनामंगलस्थित एक होटलको कोठामा ६ भाद्रको विहानीपख बलात्कार भएको प्रमाणका आधारमा अनुसन्धान बढाएको छ ।


    आइतवार, भाद्र २६ २०७९०२:५१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij