Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने कालोसूचीमा, पक्राउ गर्न प्रहरी हाइअलर्टमा

सन्दीप लामिछाने कालोसूचीमा, पक्राउ गर्न प्रहरी हाइअलर्टमा

  • आइतवार, भाद्र २६ २०७९

  • 1.3K
    SHARES

  • सन्दीप लामिछाने कालोसूचीमा, पक्राउ गर्न प्रहरी हाइअलर्टमा

    काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ ।

    विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौंको पत्राचारपछि उनलाई कालोसूचीमा राख्न भनिएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।

    काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो । पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन पनि गरिसकेको छ ।


    लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीले देशैभर पक्राउ गर्न पत्राचार गरेको छ । भदौ ६ गते उनी केन्यामा हुने टी–२० खेलका लागि गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए ।


    आइतवार, भाद्र २६ २०७९०२:१७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij