Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

  • आइतवार, भाद्र २६ २०७९

  • 421
    SHARES

  • बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

    काठमाडौं । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हिजो भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो ।

    हिजोदेखि हराएका अधिकारी आज बिहान ८ः३० बजे मृत भेटिएका हुन्। शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।


    आइतवार, भाद्र २६ २०७९०१:१३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij