Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आसन्न निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला

आसन्न निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला

कार्यअवधि ४० दिन
  • आइतवार, भाद्र २६ २०७९

  • 455
    SHARES

  • आसन्न निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला

    काठमाडौं । नेपाल प्रहरीले आसन्न निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

    इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् ।

    दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा यसअघि म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमितका दिइनेछ ।

    यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकायमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरूलाई पनि भर्नामा प्राथमिकता दिइने प्रहरीले जनाएको छ ।

    म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ ।

    स्थानीय तह निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । स्थानीय तहको निर्वाचनमा जिम्मेवारी पूरा गरेका म्यादीलाई भर्ना छनोट प्रक्रियामा पहिलो प्राथमिकतामा राखिने भएको छ ।

     

    notice-myadi-police-scaled.jpg


    आइतवार, भाद्र २६ २०७९०७:४७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij