Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

किन गरे अर्जेन्टिनी राष्ट्रपतिले मेसीलाई देश फर्कन आग्रह ?

किन गरे अर्जेन्टिनी राष्ट्रपतिले मेसीलाई देश फर्कन आग्रह ?

  • सोमवार, भाद्र १५ २०७७

  • 960
    SHARES

  • किन गरे अर्जेन्टिनी राष्ट्रपतिले मेसीलाई देश फर्कन आग्रह ?

    एजेन्सी । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फार्नान्डेजले फुटबलर लियोनल मेसीलाई देश फर्कन आह्वान गरेका छन् । उनले अर्जेन्टिना फर्किएर नेवेल्स ओल्ड ब्वाइजबाट आफ्नो खेल करियर सक्न अनुरोध गरेका हुन् । नेवेल्स ओल्ड ब्वाइज मेसीको बाल्यकालको क्लब हो ।

    मेस्सीको भविष्य पछिल्लो केही सातायता अनिश्चित बनेको छ । उनले बार्सिलोना छाड्ने निर्णय गरेसँगै उनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएका छन् ।

    मेसीको बार्सिलोनासँग विवाद बढ्ने संकेत देखिएको छ । ला–लिगाले भर्खरैमात्र मेसीलाई निशुल्क सरुवाको अनुमति दिन नसकिने बताएको छ ।

    बार्सिलोनाले मेसी अनुबन्धनका लागि कुनै पनि क्लबले सात सय मिलियनको रिलिज क्लज तिर्नुपर्ने बताएको छ ।

     


    सोमवार, भाद्र १५ २०७७०४:२६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij