Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

दार्चुला बाढी–पहिरो अपडेटः ५ जनाको मृत्यु, १० अझै बेपत्ता

दार्चुला बाढी–पहिरो अपडेटः ५ जनाको मृत्यु, १० अझै बेपत्ता

  • शनिवार, भाद्र २५ २०७९

  • 980
    SHARES

  • दार्चुला बाढी–पहिरो अपडेटः ५ जनाको मृत्यु, १० अझै बेपत्ता

    काठमाडौं । दार्चुलामा बाढी पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।

    जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार अहिलेसम्म ५ जनाको शव फेला परेको छ। ३ जना महिला र २ पुरुष गरी ५ जनाको शव फेला परेको हो।

    प्रहरीले नौगाड गाउँपालिका–२ की अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको जनाएको थियो भने महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको बताएको थियो।

    जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी पहिरोमा परेर अहिलेसम्म १० जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन्। ३ महिला र ५ पुरुष गरी ८ जना घाइते भएका हुन्। त्यसैगरी ४ महिला र ६ पुरुष गरी १० जना बेपत्ता भएका छन्।

    प्रहरीले ४२ घरमा पूर्ण क्षति, ९ घरमा आंशिक क्षति र ४० घर जोखिममा रहेको जनाएको छ। जसमा महाकाली नगरपालिकाका ६२ घर र नौगाड गाउँपालिकाका २९ घर रहेका छन्।

    त्यसैगरी बाढीले एक विद्यालय पूर्ण क्षति, एकमा आंशिक क्षति र एक जोखिममा रहेको र एक विद्युत पावर हाउसमा पूर्ण क्षति पुर्‍याएको छ। त्यस्तै, २ ओटा झोलुङ्गे पुल र एक मोटरेवल पुलमा क्षति पुगेको छ। सवारी साधनतर्फ ६ जीप, कार, ट्याक्टर, जेसीबी १र१ गरी जम्मा ९ बगाएको प्रहरीले जनाएको छ।

    प्रहरीले घाइतेहरुको उद्धार गरेर जिल्ला अस्पताल दार्चुलामा पुर्‍याएको छ। बाढी पहिरोमा घाइते भएकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उद्धार र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।


    शनिवार, भाद्र २५ २०७९०६:४५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij