दार्चुला । दार्चुलामा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । जिल्लाका फरक फरक स्थानमा उनीहरूको शव भेटिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार दार्चुलाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा पहिराले १५ घर बगाएको छ भने ४ जना बेपत्ता भएका छन् ।
यसैगरी महानकाली नगरपालिका २, मैखोलीमा ७७ वर्षीय नन्दराम बोहरा मृत भेटिएका छन्। यसैगरी नौगाड गाउँपालिका २, दललेखमा ६८ वर्षीय मोहनराज पार्की आफ्नै घरले थिचेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक गाहामगले जानकारी दिनुभयो ।
यस्तै नौगाड २ सल्लामा ३० वर्षीया जानकी ठगुना, १२ वर्षीया धनौली ठगुन्ना खोला किनारमा मृत भेटिएका छन् । यस्तै महानकाली नगरपालिकामा एउटा बेवारिसे शव भेटिएको उहाँले बताउनुभयो ।