Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाँकेमा कोरोना संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार शुरु

बाँकेमा कोरोना संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार शुरु

  • सोमवार, भाद्र १५ २०७७

  • 1.1K
    SHARES

  • बाँकेमा कोरोना संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार शुरु

    भिष्म लोध, बाँके । बाँकेमा प्लाज्मा थेरापी पद्धतिबाट कोरोना संक्रमितको उपचार शुरु भएको छ । कोरोना संक्रमणबाटमुक्त भएर फर्किनुभएका नेपालगञ्ज वडा नं–१ का वडा अध्यक्ष प्रमोद रिजालले रगत दिएपछि प्लाज्मा थेरापी उपचार पद्धतिको शुरुवात गरिएको हो ।

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष रिजालले रगत दिएपछि पहिलो पटक बाँकेमा प्लाज्मा थेरापीमार्फत संक्रमितको उपचार गर्न शुरु गरिएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यानको शारदा नगरपालिका वडा नं–६ का एक २९ वर्षीय पुरुषको सोमबार प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको कोरोना शिषेअ असपताल बाँकेका फोकल पर्सन डा.खगेन्द्रजंग शाहले जानकारी दिनुभयो ।

    भेरीमा उपचाररत ती पुरुषको अहिले सिप्याप अवस्थामा उपचार भइरहेको डा.शाहले बताउनुभयो । सिप्याप अवस्था भनेको भेन्टिलेटरमा जानुअघिको अवस्था हो । उपचाररत पुरषमा निमोनियाको समस्या छ । प्लाज्मा दाता प्रवक्ता रिजालले सोमबार बिहान नेपालगञ्जस्थित क्षेत्रीय रक्तसंचार केन्द्रमा रगत दिनुभएको छ । उहाँसंगै कोहलपुरमा संक्रमणबाट निको भएका एक व्यक्तिले समेत प्लाज्मा थेरापी उपचारका लागि रगत दान गर्नुभएको छ ।

    प्रवक्ता रिजालले संक्रमणबाट मुक्त भएका अन्यलाई पनि प्लाज्मा उपचारका लागि सहयोग गर्न उत्प्रेरणामा सहज हुनका लागि आफुले रक्तदान गरेको बताउनुभयो । यो उपचार पद्धतिका लागि कोरोना संक्रमणबाट मुक्त भएको १४ दिनपछि प्लाज्मा दिन सकिनेछ ।
    केन्द्र र प्रदेश सरकारको निर्देशन पश्चात बाँकेमा प्लाज्मा थेरापी उपचार कार्यमा रेडक्रस रक्तसंचार केन्द्र पनि जोडिएको रेडक्रस बाँके शाखाका बरिष्ठ कार्यक्रम अधिकृत दोलख डाँगीले बताउनुभयो ।


    सोमवार, भाद्र १५ २०७७०३:२५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij