काठमाडौं । विगत चार दिनदेखि बेपत्ता भएकी धनगढीकी १६ वर्षीया किशोरीको शव फेला परेको छ । २० भदौमा विद्यालय जान्छु भनि हिँडेकी धनगढी उपमहानगरपालिका–१३ की १६ वर्षीया आस्था शर्मा आज बिहान मोहना नदीमा मृत भेटिएकी हुन् ।
उनी बेपत्ता भएलगत्तै खोजीको लागि प्रहरी टोली खटिएको थियो । खोज्ने क्रममा आस्थाको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
शर्माले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।