Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

संस्कृत विश्वविद्यालयमा फेरि तालाबन्दी

संस्कृत विश्वविद्यालयमा फेरि तालाबन्दी

  • बिहिवार, भाद्र २३ २०७९

  • 310
    SHARES

  • संस्कृत विश्वविद्यालयमा फेरि तालाबन्दी

    काठमाडौं । दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयमा फेरि ताला लागेको छ ।

    ताला खुलेको महिनादिन नपुग्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधवार पुनस् ताला लागेको हो । विश्वविद्यालयको आयुर्वेद संकाय तर्फ ९ औं ब्याजमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएका छन् । तालाबन्दी गर्नुका साथै उनीहरुले विश्वविद्यालयमा तोडफोड समेत गरेका छन् ।

    आन्दोलनरत विद्यार्थीहरुले उपप्रध्यापक नियुक्ति, केन्द्रीय आयुर्वेद विद्यापिठमा ओपीडीसहितको अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने, इन्टर्नसिपका लागि क्याम्पसले गरेको सम्झौता अनुरुप भत्ताको व्यवस्था गर्नुपर्ने लगायत २१ वटा माग राखेका छन् ।

    यसअघि पनि विश्वविद्यालय लामो समय तालाबन्दीको मारमा परेको थियो । नेविसंघले विश्वविद्यालयमा उपप्रध्यापक नियुक्ति लगायतको माग राख्दै १०० दिन तालाबन्दी गरेको थियो । वैशाख १९ गतेदेखि लगाएको ताला उच्च अदालतको अन्तरिम आदेशपछि मात्र नेविसंघले साउन २५ गते ताला खोलेको थियो ।


    बिहिवार, भाद्र २३ २०७९१२:५५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij