काठमाडौं। धनुषाको सीमावर्ती नगराईन नगरपालिका–६ स्थित धानको खेतमा बुधबार (आज) बिहान दुई युवतीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप कुमार छेत्रीका अनुसार मृतक महिलामध्ये एक जना अन्दाजी १८ वर्षीया र अर्की अन्दाजी २२ वर्षीया थिए ।
यस्तै मृतकहरूको पहिचान पनि भइसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये एक जना नगराईनकी स्थानीयवासी तथा अर्की सीमावर्ती भारतीय गाउँ हरलाखीकी युवती हुन् । मृतक दुबै जना नातेदार भएको पनि स्थानीयवासीले जानकारी दिएका छन् ।
डीएसपी छेत्रीले भने पोस्टमार्टमपछि विस्तृत जानकारी प्राप्त हुने बताउनुभयो ।