Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

स्कुलबाट घर फर्किँदै गरेका तीन बालिका बेपत्ता

स्कुलबाट घर फर्किँदै गरेका तीन बालिका बेपत्ता

  • बुधवार, भाद्र २२ २०७९

  • 502
    SHARES

  • स्कुलबाट घर फर्किँदै गरेका तीन बालिका बेपत्ता

    काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका २ र ७ का ७ देखि १० वर्षका तीन जना बालिका बुधबार (आज) बिहान ११ बजेदेखि सम्पर्कविहीन छन् । विद्यालय सकेर घर फर्किँदै गरेका बालिका बाटोबाटै बेपत्ता भएका हुन् ।

    पिपराका स्थानीयवासीहरूका अनुसार पिपरा गाउँपालिका २ बनौलीका मोहित चौधरीकी ८ वर्षीया छोरी आराधना चौधरी र पिपरा ७ बनौलीका दीपेन्द्र झाका दुई छोरीहरू ७ वर्षीया प्रज्ञा कुमारी र १० वर्षीया प्रियांशी कुमारी बेपत्ता भएका हुन् ।

    ७ देखि १० वर्ष उमेर समूहका तीन बालिका बेपत्ता भएपछि गाउँलेहरू उनीहरूको खोजीमा निस्किएका छन् । स्थानीयवासीहरुका अनुसार तीनै बालिका गाउँमै रहेको देवसिद्धी इङलिस बोर्डिङ स्कुलमा पढ्छन् । प्रियांशीका पिता दीपेन्द्र झाले बालिकाको खोजी गर्दा नभेटेपछि पिपरा प्रहरी चौकीमा निवेदन दिनुभएको छ ।

    पिपरा प्रहरी चौकीका इन्चार्ज सन्तोष झाका अनुसार स्थानीयवासीहरुले तीनै जना बालिकालाई साढे ११ बजेतिर जनकपुर–जलेश्वर सडक खण्डमा पर्ने चांदनी चौकमा देखेका थिए । स्कुलभन्दा १ किलोमिटर दक्षिणमा पर्ने घर जानु पर्नेमा ती बालिकाहरु चांदनी चौकमा किन पुगे भन्ने अनुसन्धानको विषय बनेको प्रहरीले जनाएको छ ।

    प्रहरीले बालिकाहरूको खोजी गरिरहेको छ ।


    बुधवार, भाद्र २२ २०७९०४:५४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij