Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पल शाहको मु्द्दामाथि तनहुँमा असोज २ गते सुनुवाइ हुने

पल शाहको मु्द्दामाथि तनहुँमा असोज २ गते सुनुवाइ हुने

  • बुधवार, भाद्र २२ २०७९

  • 460
    SHARES

  • पल शाहको मु्द्दामाथि तनहुँमा असोज २ गते सुनुवाइ हुने

    काठमाडौं । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइका लागि जिल्ला अदालत तनहुँले असोज २ गतेलाई पेसी तोकेको छ ।

    अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले मुद्दामा असोज २ गते सुनुवाइ हुने जानकारी दिनुभयो । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाई हुने भनिएको थियो । तर त्यस दिन न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।

    उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले उनलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ । त्यसविरुद्ध पलले उच्च अदालतमा जाने तयारी गरेका छन् ।

     


    बुधवार, भाद्र २२ २०७९०३:४१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij