Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फ्रेन्च क्लब लियोनलाई लगातार पाँचौ पटक महिला च्याम्पियन्स लिगको उपाधि

फ्रेन्च क्लब लियोनलाई लगातार पाँचौ पटक महिला च्याम्पियन्स लिगको उपाधि

  • सोमवार, भाद्र १५ २०७७

  • 756
    SHARES

  • फ्रेन्च क्लब लियोनलाई लगातार पाँचौ पटक महिला च्याम्पियन्स लिगको उपाधि

    एजेन्सी । फ्रेन्च क्लब लियोनले महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । जर्मन क्लब उल्फ्सवर्गलाई ३–१ गोल अन्तरले पराजित गर्दै लियोनले महिला च्याम्पियन्स लिगको उपाधि उचालेको हो ।

    लियोनको जितमा युजेनी लि सोममेर, साकी कुमागाइ र सारा ब्योर्कले एक एक गोल गरे । जर्मन क्लबका तर्फबाट एलेक्स पोपले हेडमार्फत एक गोल फर्काएकी थिइन् ।

    लियोनले लगातार पाँचौ पटक महिला च्याम्पियन्स लिगको उपाधि उचालेको हो ।उसले सर्वाधिक ७ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । लियोनले पछिल्ला ११ बर्षमा ९ पटक च्याम्पियन्स लिगको फाइनल खेलेको छ ।

    इङ्ल्याण्डकी लुसी ब्रोन्जले युरापेली च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक सहित लियोनको यात्रा समाप्त गरिन् । २८ बर्षिया खेलाडीले नयाँ गन्तव्यको बिषयमा बोलेकी छैनिन् । तर उनले सिजनको अन्त्यसंगै क्लब छाड्ने घोषणा गरेकी थिईन् ।

    दुई पटकको विजेता उल्फ्सवर्ग पाँचौ पटकको फाइनल भिडन्तमा समेत लियोनलाई पराजित गर्न असफल रह्यो । कोरोनाका कारण दर्शक विहिन फाइनल खेल स्पेनको रियल सोसिडाडको मैदानमा खेलाईएको थियो ।

     


    सोमवार, भाद्र १५ २०७७०९:२६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij