काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले समाजसेवीहरूलाई सम्मान गरेको छ ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका बीच पुरस्कार वितरण गर्दै सम्मान गरेको हो ।
जसमा २ लाख नगदसहित रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार सिद्धि स्मृति प्रतिष्ठान, भीमसेनथान, भक्तपुर र लक्ष्मी प्रतिष्ठान, गुह्येश्वरी, काठमाडौं – ८ ले पाएको छ । त्यस्तै १ लाख नगदसहित रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार राधाकृष्ण वृद्धाश्रम, श्यामघाट (लामेआहाल) पोखरा – ३२, कास्की, सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्र, काजीपौवा, तानसेन –७, पाल्पा, अमोर सेवा नेपाल, फेदीखोला गाउँपालिका – १, स्याङ्जा र मामाघर नेपाल, डाङ्डुङे, हेटौंडा – ११, मकवानपुरलाई दिइएको छ ।
समारोहमा सामाजिक सेवाको महत्त्व दर्शाउने मित्रलाल पंज्ञानीकृत महाकाव्य ‘युगान्तर’ तथा समाज सेवाको कानुनी पक्षबारे विश्लेषण गरिएको प्रवचन पुस्तिकाका मूलभूत विषयवस्तु पनि प्रस्तुत भएका थिए । स्वयमसेवाको भावनाले नेपालीहरुको हितमा उदाहरणीय योगदान गर्नु भएका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत तथा सम्मानित गरेको कोषले जनाएको छ ।