Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सर्लाहीमा जुवा खेलिरहेका १२ जना पक्राउ

सर्लाहीमा जुवा खेलिरहेका १२ जना पक्राउ

  • सोमवार, भाद्र २० २०७९

  • 310
    SHARES

  • सर्लाहीमा जुवा खेलिरहेका १२ जना पक्राउ

    काठमाडौं । सर्लाहीमा जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ परेका छन् ।

    हरिवन नगरपालिका-२ स्थित छाप्रोमा कौडा खेलिरहेका उनीहरूलाई आज बिहान २ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुको साथबाट दुई लाख ७१ हजार ६०० र भारतीय २५० रुपैयाँ, ४ थान कौडा, तास, हुक्का सानो इन्भर्टर एक थान बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिनुभयो ।

    पक्राउ पर्नेमा हरिवन नगरपालिका १ बस्ने ३५ वर्षीय तेजबहादुर गोले, ५३ वर्षीय शंकर श्रेष्ठ, ३४ वर्षीय चान्द खाँ, हरिवन नगरपालिका २ बस्ने ४९ वर्षीय टिकाप्रसाद घिमिरे, ३० वर्षीय भीम लामा, ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मानबहादुर थिङग छन् ।

    यस्तै, कोडैना गाउापालिका २ बस्ने ५४ वर्षीय चुनीलाल चौधरी, पर्साको प्रसौनीभाठा नगरपालिका २ बस्ने ५४ वर्षीय पानालाल प्रसाद साह, धनुषाको मिथिला बिहारी नगरपालिका ७ बस्ने ५९ वर्षीय ईश्वरी साह, महोत्तरीको बर्दिबास नगरपालिका ८ बस्ने २९ वर्षीय हिरा बहादुर श्रेष्ठ र महोत्तरीकै औरही नगरपालिका २ बस्ने ३८ वर्षीय हरिनारायण महतोलाई पनि पक्राउ गरिएको डीएसपी यादवले जानकारी दिनुभयो ।

    पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


    सोमवार, भाद्र २० २०७९०१:२१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij