Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

मनकामना केबलकार शनिबारदेखि सञ्चालनमा आउदै

मनकामना केबलकार शनिबारदेखि सञ्चालनमा आउदै

  • सोमवार, भाद्र २० २०७९

  • 345
    SHARES

  • मनकामना केबलकार शनिबारदेखि सञ्चालनमा आउदै

    काठमाडौं । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।

    कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशनका सम्पूर्ण नयाँ पार्टपुर्जा फेरिएको जनाएको छ ।

    केबलकारको गोडोलाको सबै ग्रिपहरु फेरिएको, गियर बक्सको चेक तथा अलायन्मेन्ट मिलाउने कार्यका साथै ४ टावरहरुको पार्ट्स फेर्ने, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेरिएको कम्पनीको भनाइ छ ।

    यसको साथै सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिङ गर्ने काम पनि गरिएको जानकारी दिएको छ ।


    सोमवार, भाद्र २० २०७९१२:५३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij