Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भारतका सेना प्रमुख पाण्डे काठमाडौंमा

भारतका सेना प्रमुख पाण्डे काठमाडौंमा

  • आइतवार, भाद्र १९ २०७९

  • 402
    SHARES

  • भारतका सेना प्रमुख पाण्डे काठमाडौंमा

    काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज पाण्डे नेपाल आइपुग्नुभएको छ । पाँच दिने नेपाल भ्रमणका सिलसिलामा आज उनी काठमाडौं आउनुभएको हो ।

    नेपालमा रहँदा उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी प्रदान गर्नुहुने छ । सोमवार शीतल निवासमा पाण्डेलाई सो पदवी दिने कार्यक्रम तय भएको छ। भोलि नै उहा्रँ जंगी अड्डामा रात्रीभोजमा सहभागी हुनुहुने छ ।

    नेपाल भ्रमणका क्रममा मंगलवार उहाँले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्नुहुने छ। मंगलवार नै उहाँले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै सगरमाथा आधार शिविर र नाम्चेको भ्रमण गर्नुहुने छ ।

    बुधवार भने पाण्डेले मौसम अनुकूल भए मुक्तिनाथको भ्रमण गर्ने जनाइएको छ। सोहीदिन उहाँ पोखरा मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्नुहुने छ । साथै, हनुमानढोका क्षेत्र दरबारको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको छ।

    पाण्डे बिहीवार स्वदेश फर्किनुहुने छ । भारत सरकारले अग्निपथ योजना अन्तर्गत नै गोर्खा भर्ती गर्ने बताइसकेको अवस्थामा पाण्डेको भ्रमणलाई महत्वका साथ हेरिएको छ।


    आइतवार, भाद्र १९ २०७९०५:१३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij