Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गाउँपालिका अध्यक्षले यसरी बचाए एक महिलाको ज्यान

गाउँपालिका अध्यक्षले यसरी बचाए एक महिलाको ज्यान

  • आइतवार, भाद्र १४ २०७७

  • 2.1K
    SHARES

  • गाउँपालिका अध्यक्षले यसरी बचाए एक महिलाको ज्यान

    काठमाडौं । पछिल्लोसमय देशमा संघीयता लागुभएसँगै स्थानीय निकाय शक्तिसम्पन्न भएका छन् । यससगै कतिपय जनप्रतिनिधि अनियमिततामा समेत मुछिएको पाइन्छ । यसले गर्दा जनता आक्रोशित छन् ।

    तर, कतिपय जनप्रतिनिधिले जनताको पक्षमा समेत काम गरेको पाइएको छ ।

    यसैबीच, एक जनप्रतिनिधिले एक महिलाको ज्यान बचाएका छन् । उनी हुन् पाल्पाको बगनाकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्याल ।

    घटना आजकै हो । महिनावारी हुँदा अत्याधिक रक्तश्राप भएका कारण मिसन अस्पतालमा उपचाररत एक ४८ वर्षीय महिलाको ज्यान जोखिममा पुगेको थियो । उनी थिइन् स्याङजा वालिङकी गजादेवी पौडेल । उनलाई तत्कालै चार प्वाइन्ट ए पोजेटिभ रगतको आवश्यकता थियो । युवा रेडक्रस सर्कल पाल्पाका अध्यक्ष सुवास गरैले अनेक प्रयास गरे तर रगत जुटाउन सकेनन् ।

    यसैबीच, गैरेले यसको जानकारी गाउँपालिका अध्यक्ष बस्याललाई दिए । बस्याल ढिलो नगरी सिधै रेडकस सर्कलमा आए र ती महिलाका लागि रगत दिए । यसरी एक महिलाको ज्यान बच्यो ।

    ‘म गाउँपालिकाको कार्यालय जाँदै थिए यही वेला सुवासजीले तत्कालै रगत चाहिएको जानकारी दिनुभयो’, नेपाली नेटवर्कसँग कुरा गर्दै अध्यक्ष बस्यालले भन्नुभयो’, ‘मैले तत्कालै गएर रगत दिए । संयोगवश मेरो रगत पनि ए पोजेटिभकै थियो ।’

    अहिले ती महिलाको स्वास्थ्य सामान्य रहेको उनकी फुपूलाई उदृत गर्दै गाउँपालिकाका अध्यक्ष बस्यालले बताउनुभयो ।


    आइतवार, भाद्र १४ २०७७०६:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij