Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

  • शुक्रवार, भाद्र १७ २०७९

  • 486
    SHARES

  • उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

    काठमाडौं । उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

    उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताएअनुसार हत्यामा संलग्न भएको आशंकामा एकजना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रै पर्ने व्यक्ति हुन् ।

    बेलकाका मेयर अशोक कार्कीका अनुसार घटनास्थल नगरपालिकाको विकट क्षेत्रमा पर्छ । ‘बिहान ११ बजेको घटना रहेछ, टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएको छ’ उहाँले भन्नुभयो, ‘प्रहरीले संकलन गरेर एकठाउँमा राखेको छ ।’

    प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।


    शुक्रवार, भाद्र १७ २०७९०६:३२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij