Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

  • शुक्रवार, भाद्र १७ २०७९

  • 332
    SHARES

  • अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

    काठमाडौं । प्रहरीले अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-२१ गितानगर घर भई हाल काठमाडौंको बसुन्धारामा बस्‍दै आएका ३९ वर्षीय रविन अधिकारी भन्‍ने रविन्द्र अधिकारी रहेका छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो ।

    उनले पीडितहरुबाट प्रतिव्‍यक्ति १ लाखका दरले ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।


    शुक्रवार, भाद्र १७ २०७९०३:२०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij