Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

  • शुक्रवार, भाद्र १७ २०७९

  • 608
    SHARES

  • खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

    काठमाडौं । पोखरा–१४ छिनडाडामा घरायसी विवादका कारण श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।

    विवादका कारण आज बिहान स्थानीय लोकबहादुर गुरूङले उनकी श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरेर हत्या गरेको कास्की प्रहरीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार श्रीमतीको हत्यापश्चात् श्रीमान लोकबहादुरले आफ्नो पेटमा पनि खुकरी हानेका थिए।
    ‘बिहान साढे ८ बजेतिर श्रीमानले श्रीमतीको टाउकोमा खकुरी प्रहार गरेछन्’, प्रहरी निरीक्षक खड्काले भन्नुभयो, ‘श्रीमानले त्यही खुकुरी आफ्नो पेटमा हानेर गम्भीर घाइते छन्।’

    उहाँका अनुसार लोकबहादुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको खड्काले जानकारी दिनुभएको छ ।


    शुक्रवार, भाद्र १७ २०७९०१:४८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij