Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • शुक्रवार, भाद्र १७ २०७९

  • 636
    SHARES

  • पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। शुक्रबार(आज) बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो।
     
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ। निरन्तरको वर्षातकका कारण पहिरो झर्ने क्रम रोकिएको छैन। 
     
    पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो। पहिरोका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्। सोही स्थानमा हिजो बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो।


    शुक्रवार, भाद्र १७ २०७९१०:३७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij