Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

लमजुङको ढोडेनीबेंसीमा पहिरो खस्दा १० परिवार विस्थापित

लमजुङको ढोडेनीबेंसीमा पहिरो खस्दा १० परिवार विस्थापित

  • बिहिवार, भाद्र १६ २०७९

  • 342
    SHARES

  • लमजुङको ढोडेनीबेंसीमा पहिरो खस्दा १० परिवार विस्थापित

    काठमाडौं । लमजुङको ढोडेनीबेंसीमा पहिरो खस्दा १० परिवार विस्थापित भएका छन् । वडाअध्यक्ष नन्दराज गुरुङका अनुसार २ घरमा पूरै क्षति भएको छ । अन्य २ घरमा लेदो पसेको छ । ४ घर जोखिममा छन् । बुधबार रातिदेखिको अविरल वर्षाले १० घरपरिवार विस्थापित भएको उहाँले बताउनुभयो ।

    उहा्रँका अनुसार करिब डेढसय मिटरमाथि पहराबाट पहिरो बगेको छ । पहिरोले धानबाली पुरिदिएको छ । घरको लत्तकपडा पुरेको छ । खाद्यान्न भने जोगाएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पहिरोले केही घरमा क्षति पुगेको र केही घरलाई जोखिममा पारेको बताउनुभयो ।

    2.jpg

    ‘स्थानीय, जनप्रतिनिधि मिलेर पीडितको उद्धार गरिसकेका छौं । अब सडक खुलाउने र विस्थापितलाई राहतको काम हुन्छ,’ उहाँले भन्नुभयो । पहिरोले एउटा बोर्डिङ स्कुलको बसमा पनि क्षति पुर्‍याएको छ । विद्युत्‌का पोलहरु पनि ढालेका छन् ।

    3.jpg

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पसपेक्टर जगदिश रेग्मीले दोर्दी गाउँपालिका–६, ढोडेनीमा ४ घरमा पहिरोले क्षति पुर्‍याएको र ६ घर जोखिमा पारेपछि उनीहरु सुरक्षित ठाउँमा बसेको बताउनुभयो । सुन्दरबजार नगरपालिका ४ मा २ वटा चौपाया मरेको र २ वटाको घाइते अवस्थामा उद्धार गरिएको उहा्रँले बताउनुभयो । उहाँले मानवीय क्षति नभएको जानकारी दिनुभयो ।


    बिहिवार, भाद्र १६ २०७९०१:३०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij