काठमाडौँ । न्याय परिषद्ले जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
न्याय परिषद्को मंगलबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँको कार्यक्षमता अभाव भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा फैसलामा गडबडी गरेको पाइएपछि सुनुवाइको मौका दिएर बर्खास्तको निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।
यसअघि पनि न्याय परिषद्ले आधा दर्जन जति न्यायाधीशलाई बर्खास्त गरिसकेको छ ।