Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

महानगरले हटाउँदै इन्द्र चोकको पार्किङ

महानगरले हटाउँदै इन्द्र चोकको पार्किङ

  • बुधवार, भाद्र १५ २०७९

  • 602
    SHARES

  • महानगरले हटाउँदै इन्द्र चोकको पार्किङ

    काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रचोकको पार्किङ हटाउन सुरु गरेको छ ।

    इन्द्रजात्रालाई लक्षित गरेर इन्द्रचोकको पार्किङ हटाउन मंगलबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठले स्थलगत अनुमगन गर्दै निर्देशन दिएपछि बुधबार (आज) देखि पार्किङ हटाउन सुरु गरेको महानगर प्रहरीले जनाएको छ ।

    वसन्तपुर चोकदेखि इन्द्रचोक क्षेत्र र असन गल्ली, मखन गल्ली तर्फ सबैतिरबाट गाडी आउने भएकोले अव्यवस्थित बनेकोले जात्रा सञ्चालन गर्न कठिनाइ हुने भन्दै पार्किङ हटाउन थालिएको महानगर प्रहरीले जनाएको छ ।

    यस वर्षको इन्द्रजात्रा लक्षित कार्यक्रमहरु सुरु भइसकेका छन् । जात्राको पहिलो क्रियाकलापअन्तर्गत १३ भदौमा इन्द्रध्वजका रुपमा गाडिने रुख कटान भइसकेको छ । १९ गते बिहान ७ बजेर २४ मिनेटको साइतमा इन्द्रध्वजलाई नगर प्रवेश गराइनेछ ।

    त्यस्तै २२ गते बुधबार बिहान ७ बजेर १७ मिनेटको साइतमा इन्द्रध्वज उत्थान हुने महानगरपालिको जनाएको छ । २४ भदौमा कुमारी रथ यात्रा सुरु हुनेछ । यस दिन तल्लो टोलमा रथ घुमाइनेछ । यसैगरी २५ भदौमा माथिल्लो टोलमा रथ घुमाइनेछ ।

    २९ भदौ नानिचा यात्रा रहेको छ र सोही दिन साँझ ७ बजेर ३३ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि यस वर्षको जात्रा सकिनेछ ।


    बुधवार, भाद्र १५ २०७९०३:४२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij