Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

वीरेन्द्रनगरमा अनधिकृत संरचना हटाउन निर्देशन

वीरेन्द्रनगरमा अनधिकृत संरचना हटाउन निर्देशन

  • बुधवार, भाद्र १५ २०७९

  • 431
    SHARES

  • वीरेन्द्रनगरमा अनधिकृत संरचना हटाउन निर्देशन

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि सरकारी तथा सार्वजनिक जग्गाको अवस्थाबारे खोजी गर्न थालिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ ले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

    वडाध्यक्ष विनोदसिंह विष्टले मङ्गलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास स्वीकृतिबिना निर्माण गरिएका संरचना हटाउन निर्देशन दिनुभएको हो ।

    सूचनामा सम्बन्धित व्यक्तिले अटेर गरी नहटाएमा वडा कार्यालयले नियमानुसार हटाउने उल्लेख छ । वडाध्यक्ष विष्टले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयमा टेकेर आफूले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनको कदम चालेको बताउनुभयो ।

    सडक क्षेत्र मिचेर नियमविपरीत निर्माण गरिएका र नक्सा पास नभएका अवैध भौतिक संरचनाहरू हटाइने छ । तीन नम्बर वडामा सडक अतिक्रमणको समस्या अली बढिनै देखिएकाले त्यसको व्यवस्थापन गर्न लागिएको अध्यक्ष विष्टले बताउनुभयो ।

    नगर कार्यपालिकाको गत जेठ २३ गने बसेको बैठकले सार्वजनिक जग्गाको लगत लिइ सोको उचित संरक्षण र सार्वजनिक गर्ने निर्णय गरेको थियो । नगर प्रमुख मोहनमाया ढकालले निर्णय सार्वजनिक गर्दै नगरमा प्रयोग र खाली रहेका सार्वजनिक जग्गाको अवस्थाबारे अध्ययन गरी यकिन विवरण बाहिर ल्याइने बताउनुभएको थियो ।

    योजनाबद्ध सहर निर्माणको लक्ष्यसहित सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएको नगरले पहिलो कार्यपालिका बैठकबाटै सडक अतिक्रमण हटाएर आवागमन सहज बनाउने निर्णय गरेको थियो ।


    बुधवार, भाद्र १५ २०७९०२:४८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij