Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाले लियो बिपी प्रतिष्ठानमा उपचाररत आमा–छोराको ज्यान

कोरोनाले लियो बिपी प्रतिष्ठानमा उपचाररत आमा–छोराको ज्यान

  • आइतवार, भाद्र १४ २०७७

  • 1.2K
    SHARES

  • कोरोनाले लियो बिपी प्रतिष्ठानमा  उपचाररत आमा–छोराको ज्यान

    सुनसरीमा कोरोना संक्रमणका कारण आमा–छोराको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएको केही घण्टामै कोरोना संक्रमित आमा–छोराको मृत्यु भएको हो ।

    अत्यधिक खोकीसँगै स्वासप्रश्वासमा समस्या आएपछि बिपी प्रतिष्ठानमा भर्ना भएकी धरान–१७ की ७४ वर्षीया वृद्धा र उनका ६० वर्षीय सौतेनी छोराको आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ४५ मिनेटको फरकमा उनीहरूको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आइतबार बिहान साढे ८ बजेतिर वृद्धाको मृत्यु भएको हो भने उनका छोराको मृत्यु बिहान पौने ८ बजे भएको हो। भर्ना गरेलगत्तै गरिएको कोरोना परीक्षणमा उनिहरुको रिपोर्ट पोजिटिभ देखिएको डा. सापकोटाले बताउनुभएको छ ।


    आइतवार, भाद्र १४ २०७७०१:३२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij