Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौँ वर्ल्ड स्कुलमा झडप, डीएसपीको नेतृत्वमा प्रहरी परिचालन

काठमाडौँ वर्ल्ड स्कुलमा झडप, डीएसपीको नेतृत्वमा प्रहरी परिचालन

  • बुधवार, भाद्र १५ २०७९

  • 662
    SHARES

  • काठमाडौँ वर्ल्ड स्कुलमा झडप, डीएसपीको नेतृत्वमा प्रहरी परिचालन

    काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौँ वर्ल्ड स्कुलमा झडप भएको छ । विद्यार्थीहरुको बीचमा मंगलबारबाट शुरु भएको विवाद झडपमा परिणत भएपछि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

    गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाडौंबाट गएर अध्ययन गरिरहेका विद्यार्थीको बीचमा बिवाद भएपछि स्थानीयले कारवाहीको माग गरेर विरोध गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डीएसपी) राजु पाण्डेले बताउनुभएको छ ।

    कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बीचमा मंगलबार विवाद भएको थियो । स्थानियले काठमाडौंबाट अध्ययन गर्न आउने विद्यार्थीलाई स्कुल प्रशासनले कारवाही नगरेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।

    स्थिति नियन्त्रणमा लिन प्रहरी वृत जगातेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको हो ।


    बुधवार, भाद्र १५ २०७९०१:३२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij